‘भोजपुर हातोमालो समाज युएई’ले विद्यालय र स्वास्थ्य सस्थालाई सामग्री हस्तातरण गर्ने..


भोजपुर, २४ असोज ।
भोजपुर हातोमालो समाज युएईले जिल्लाका विभिन्न ठाउँका विद्यालय तथा स्वास्थ्य सस्थालाई सहयोग गर्ने जनाएको छ । समाजले भोजपुरका टेम्केमैयुङ्ग गाउँपालिका ५ साविकको खावा सातलाई २ ओटा स्टेचर, सोही स्थानमा रहेको जनता प्राथमिक विद्यालय खेलकुद सामग्री हस्तान्तरण गर्ने भएको हो ।

त्यस्तै साविकको वडा ८ मा रहेको महेन्द्र निमावी र सालेका प्राथमिक विद्यालयलाई पनि खेलकुद सामग्री हस्तान्रण गर्ने समाजका अध्यक्ष अवतार योञ्जनले जानकारी दिए । त्यस्तै गरि अरुण गाउँपालिमा रहेका प्याउली स्वास्थ्य चौकीलाई ह्वील चियर र षडानन्द नगरपालिका -१० मा रहेको सारधा प्राथमिक विद्यालयलाई ५ ओटा ह्वाइटवोर्ड हस्तान्रण गर्ने तयारी रहेको समाजले जनाएको छ ।

सामग्रीहरु खरिख गर्ने काम भईहरकोले दशैको आसपास एक कार्यक्रमका विच सामग्री हन्तान्तरण गर्ने कार्यतालिका रहेको समाजका सल्लाहकार तीर्थ योञ्जनले जानकारी दिए ।
यसै विच समाजले गरेका विभिन्न गतिविधिलाई समाचारको मध्यमबाट वाहिर ल्याउन सहयोग गरेको भन्दै समाजका उपाध्यक्ष छिरिङ्ग शेर्पा र सल्लाहकार प्रेम शेर्पाले व्यक्तीगत रुपमा जिल्लाका सञ्चालित खवर संन्सार डटलाई एक थान क्मामेरा समेत हस्तान्रण गरेका छन् ।

छिरिङ्ग  साविक खावा गाविस वडा नम्वर ७ मझौले निवासी फुर्वा सेर्पा र आमा लदिकी सेर्पाको छोरा  हुन् भने, पेमनुरु सेर्पा (प्रेम शेर्पा) भोजपुर जिल्ला षडानन्द नगरपालिका –९ फापारबारी वस्ने वावु दावा सेर्पा र आमा दालमु सेर्पाको छोरा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार