‘भोजपुर हातेमालो समाज युएईको’ दोश्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा अवतार योञ्जन निर्वाचित


भोजपुर, १३ असोज ।

भोजपुर हातेमालो  समाज युएइको  वार्षिक साधारण सभा तथा दोश्रो महाधिवेशन  सम्पन्न भएको छ । अधिवेसनले अवतार योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको  उपाध्यक्षहरुमा छिरिङ्ग शेर्पा, सुवासवानु राई, महिला उपाध्यक्ष अस्मि तामाङ्ग, महासचिव सम्भु राई,  सचिव रामकुमार तिरुवा, कोषाध्यक्ष, लक्ष्मी राई र सहकोषाध्यक्षमा काजल राई निर्वाचित भएकी छिन् । त्यस्तै सदस्यहरुमा टिकाराम वराइली, विमला थापा, देव राई, दिपक मगर र मनोज  रहेका छन्  ।

केन्द्रीय  समितिका कार्यबाहक प्रमुख  प्रेम शेर्पाको सभापतित्वमा  भएको कार्यक्रममा अन्य  जिल्ला गत सस्था  प्रमुखहरु, सल्लाहकारको आथित्यतमा  प्रथम  वार्षिकोत्सब  तथा महाधिवेशन सम्पन्न भएको हो ।  कार्यक्रमलाई    उदयपुर  सेवा समाज  प्रतिनिधि मनोज  पौडेल  तथा  तामाङ  समाज अबुधावि  प्रतिनिधि  वीर बहादुर  लामा  लगायत  जिल्ला गत  प्रतिनिधिहरुले शुभकामना  मन्तव्य  दिएका थिए ।वार्षिक  आर्थिक  प्रतिवेदन  केन्द्रीय   कोषाध्यक्ष लक्ष्मि  राई  तथा  सस्थागत प्रगती प्रतिवेदन महासचिव  तिर्थ  योञ्जनले प्रस्तुत  गरेका थिए ।

औपचारिरुपमा   कार्यक्रम   सम्पन्न गरि   बन्द सत्र  निर्वाचन  सयोजक  चन्द  कला  साम्पाङ  राई  रहेकी थिईन   । कार्यक्रममा   स्थानिय  कलाकारहरुको  प्रस्तुति रहेको थियो ।   नयाँ  भोजपुर  हातेमालो  समाजका  आजिवन सदस्य हरुलाई  प्रमाण पत्र  बितरण  साथै  कलाकारहरुलाई   गित प्रस्तुत    गरेकोमा   प्रशसा  पत्र  प्रदान  गरिएको   थियो ।

 

सास्कृतिक कार्यक्रममा  प्रायोजकको  भुमिका  रहि कार्यक्रमलाई  सहयोग  गरेकोले  बराह ज्वलरि  प्रा लि लाई  प्रशसा  पत्र  प्रदान गरिएको  थियोे  । त्यस्तै हातेमालो  समाजमा  रहेर   पुर्णकालिन  पदिय  जिम्मेवारी सेवा  दिई  नेपाल फर्कन लागेका  लेखा  समितिका  दुर्गा   मोक्तान  र   निवर्तमान महासचिव  तिर्थ  योञ्जनलाई   सस्थालाई  अविष्मरणिय तथा  अतुलनीय  योगदान  तथा  पदिय  क्षेत्रबाट देखाएको  कृयासिलता  एव प्रशसनिय कार्यको  उच्च  मुल्यांकन  गर्दै  हातेमालो  समाज युएई  परिवारबाट  प्रशसा  पत्र  हस्तान्तरण  गरि  बिदाई  कार्यक्रम   समेत गरिएको थियो । त्यस्तै समितिको सल्लाहकारमा प्रेम शेर्पा, ज्ञानेन्द्र वहादुर राई, फुर्वा शेर्पा, र चन्द्रकला राईलाई राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार