सेलो गायिक निर्मला घिसिङ युएईमा..


भोजपुर,२९ भदौ ।
मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस ‘सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८’ कार्यक्रमका लागि सेलो गायिका निर्मला घिसिङ गएकी छिन् ।

घिसिङलाई एयरपोर्टमा तामाङ समाज युएईका अध्यक्ष सुरेन्द्र थिङ तामाङ, प्रगतिशील कलाकार संघ युएईका अध्यक्ष नविन दोङ तामाङ लगायतले खादा लगाएर स्वागत गरेका थिए ।

तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले विशेषगरी तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्बद्र्धन र विकासका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको र भुकम्प, बाढीपीडितका साथै गरिबीको कारण प्राण घातक रोगहरुको उपचार गर्न नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आइरहेको तामाङ समाजले प्रत्येक वर्ष शिक्षाको विकासको लागि पनि एसएमएस धमाका कार्यक्रम गरेर विभिन्न विद्यालयहरुमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

भोली सेप्टेम्बर १४ तारिखका दिन ठिक दिउँसोको २ बजे युएईको देरा दुबई स्थित कार्ल्टन टावरमा हुने उक्त कार्यक्रममा यहाँका ख्याति प्राप्त प्रवासी कलाकारहरुको साथमा चर्चित गायिका निर्मला घिसिङले विशेष प्रस्तुती दिने भएको छ ।

कार्यक्रमबाट उठेको रकम कुन विद्यालयमा सहयोग गर्ने भन्ने विषयमा भने तामाङ समाजको समिक्षा बैठकबाट पारित गर्ने छ । हाल सम्म अनुमानित ६ लाख भन्दा बढि रकम विभिन्न जिल्लाको फरक–फरक विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको तामाङ समाज युएईका महासचिव सनिल घिसिङले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार