दुवईमा तिज विषेश सास्कृतिक धमाका


भोजपुर, ७ साउन ।
खोटाङ्ग सेवा समाज युएईले दुवईमा तिज विषेश सास्कृतिक धमाका 2018 गर्ने भएको छ । समाजले साउन ८ गते शुक्रवार अर्थात अगष्ट २४ मा स्थानिय तथा नेपालका राष्ट्रिय कलाकारको उपस्थितिमा सास्कृतिक कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा गायक राजेश पाएल राई, जिविहाङ्ग राई, मोडल तथा डान्सरहरु करिश्मा ढकाल, वर्षा थिङ्ग तामाङ्ग लगाएका कलाकार उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रममा भोजपुर हातेमालो समाज युएईका प्रतिनिधिको पनि उपस्थिति रहने जनाईएको छ ।

भोजपुर हातेमालो समाज युएईका तर्फबाट अथिति र कलाकारको रुपमा केन्द्रिय समिति संयोजक अवतार योञ्जन, कलाकारहरु काजल राई, रामकुमार तिरुवा, र रविन राईको उपस्थिति रहने भोजपुर हातेमालो समाज युएईका क्षेत्रिय अध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए ।

मलेयाली हल, मुसाफामा विहान १० वजेबाट शुरु हुने कार्यक्रममा युएईका सवै ठाउमा आवत जावतको लागि यातयात तथा स्वस्थ्य परिक्षणको निशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको लागि वुधवार कलाकार दुवई पुगेको आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार