रियल म्याड्रिड छोडेका रोनाल्डो पछि मेस्सी पनि बार्सिलोना छोडेर इटालियन क्लब जादै


इटाली । मा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ ।

रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ । १ सय मिलियन युरोमा रोनाल्डो युभेन्ट्स पुगेका थिए । पोचुर्गिज स्टारले रियलले पारिश्रमिक बढाउने भन्ने चाहना राख्दा त्यसको सुनुवाई नहुने देखेपछि विकल्प राजेका थिए ।

तर, मेस्सीको कथा भने फरक छ । बार्सिलोनाले उनलाई सहजै जान दिने छैन । सानै उमेरदेखि उनी बार्सिलोनामा आबद्ध छन् । उनले लगभग आफ्नो पुरा खेल जीवन बार्सिलोनामै सुम्पने सम्भावनालाई पनि नकारेका छैनन् । रोनाल्डो भने प्रिमियर लिग, स्पेनिस लिग हुँदै अब सिरी ‘ए’को चुनौतिका लागि पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार