बालबालिका भोकभोकै विद्यालय


हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।

बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् ।

घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार