इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो ।
निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। जसमा पनि कुनै पक्षले पनि आफ्नो पक्षमा निर्णायक बनाउन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो। जसमा इंग्ल्यान्ड ४९३ ले विजयी भयो । खेलको ५७औँ मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गरेर खेलमा अग्रता लिएका थिए ।
जुन अग्रता निर्धारित समयसम्म नै रह्या । तर थपिएको तेस्रो मिनेटमा कोलम्बियाका येरी मिनाले गोल गरेर र खेललाई बराबरीमा ल्याए। जसका कारण खेल थप ३० मिनेटको अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्म पुग्यो। पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका गोल किपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको पेनाल्टी रोकिदिए। जसले खेललाई इंग्ल्यान्डको पक्षमा र्पायो। त्यसो त इंग्ल्यान्डका जोर्डन हेन्डरसनको पेनाल्टी प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोकिदिएका थिए।
इंग्ल्यान्डका कप्तान ह्यारी केन, मार्कस रसफोर्ड, केइरन ट्रिपियर र एरिक डायरले गोल गरे। कोलम्बियाका एक खेलाडीको पेनाल्टी खम्बामा लागेर बाहिरिएको थियो । माटेउस उरिबेको पेनाल्टी प्रहार गोलपोष्टको खम्बामा लागेको थियो। कोलम्बियाका तर्फबाट जुआन कुवादराद्रो र लुइस मुरिएलले मात्रै पेनाल्टीमार्फत गोल गर्न सफल भए। इंग्ल्यान्ड क्वाटर फाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुने भएको छ ।
यसैबिच विश्वकप २०१८ को क्वाटर फाइनलमा प्रवेश गर्ने देशमा स्वीडेन पनि थपिएको छ । स्वीडेन स्वीजरल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्ने सातौँ देश बनेको छ। स्वीडेनले मंगलबार साँझ भएको खेलमा स्वीजरल्यान्डलाई १९० ले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो ।
इमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै स्वीडेनलाई क्वाटर फाइनल र्पुयाउन पर्याप्त बन्यो। त्यसपछि दुवै देशले एक गोल पनि गर्न सकेनन् । स्वीडेनले भने एक गोल गरेपछि रक्षात्मक खेलेको थियो। दुवै देशले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा फोर्सबर्गको गोल नै खेलको निर्णायक गोल भयो। स्वीडेन २४ वर्षपछि विश्वकपको क्वाटर फाइनलमा पुगेको हो । पछिल्लो पटक स्वीडेन सन् १९९४ मा क्वाटर फाइनलसम्म पुगेको थियो ।