भोजपुरको पौवादुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा


भोजपुर १७ असार ।
भोजपुरको पौवादुम्मा गाउँपालिकाको सबै वडा कार्यालय इन्टरनेट सञ्जालसँग जोडिएका छन् । गाँउपालिकाको सवै वडामा पहिलोपटक इन्टरनेट सेवा जडान गरेको हो । गाउँपालिकाले हरेक वडालाई कार्यालय प्रविधियुक्त बनाउने उद्देश्यका साथ इन्टरनेट जडान गरीएको हो ।

गाउँपालिकाका ६ वटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधीकृत सालीकराम भट्टराईले जनाकारी दिए । subisu इन्टरनेटमार्फत गाउँपालिका अन्तर्गतका वडा इन्टरनेटसँग जोडिएका हुन् । त्यस्तै गाउँपालिकामा सेवाग्राहिलाई मध्यनजर गरी मासिक २ हजार ८ सय २५ रुपैया तिर्ने गरी फ्रि वाईफाई जडान गरएिको छ ।

वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन र वेभसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिने भएको छ, भने गाउँपालिकाबाट वडामा तत्काल नीति, निर्देशन, जानकारी लगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने अधीकृत भट्टराईले बताए ।

सेवा प्रवाह छिटोछरितो बनाउन तथा सहजता ल्याउने गरी पहिलोपटक सूचना आवतजावत गर्न प्राथमिकता दिएर वडा कार्यालयलाई प्रविधियुक्त बनाइएको गाउँपालिकाका अध्यक्ष कीरण राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार