भोजपुरको आमचोक गाउँपालिकामा मुख्यमन्त्री राईद्धारा, छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिताको उद्घाटन


भोजपुर १५ बैशाख
भोजपुरको आमचोक गाउँपालिका वडा नम्वर ४ स्थित बालाङखामा अन्तर नगर तथा गाउँपालिका स्तरिय महिला तथा पुरुष छोङखा साकेन्वा रनिङ सिल्ड भलिवल प्रतियोगिता आज ( मंगलबार ) बाट शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले गरेका हुन । प्रतियोगितामा महिला तथा पुरुष भलिवल, म्याराथुन, गाएन तथा नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भोजपुर ,खोटाङ्ग र उदयपुरको नगरपालिका र गाउँपालिका टिमको सहभागिता रहेको छ । भलिवल तर्फ पुरुष ८ टिम र महिला ५ टिमको सहभागिता रहेको आयोजक आम्चोक गाउँपालिका खेलकुद बिकास समितिका सहसचिव मिलन राईले बताए ।

प्रतियोगितामा भोजपुर नगरपालिका , षडानन्द नगरपालिका,ट्याम्केमैयुम गाउँपालिका,रामप्रसादराई गाउँपालिका,हतुवागढि गाउँपालिका ,आम्चोक गाउँपालिकाको सहभागिता रहेको छ ।

खोटाङ्ग जिल्लाबाट जन्तेढुङ्गा गाउँपालिका र उदयपुरबाट चौदन्डी गाउँपालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुुरुष तर्फ प्रथम हुने टिमले नगद एक लाख ३३ हजार ३३३।– साथमा एक सय तोला चांदिको ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यस्तै दोस्रो हुने टिमले नगद एक लाख र तेस्रो हुने टिमले नगद ६६ हजार ६६६ साथमा मेडल र प्रमाण पत्र पाउने छन् । महिला तर्फ प्रथम हुने टिमले एक लाखको साथमा ८० तोला चाँदिको ट्रफी मेडल र प्रमाण पत्र पाउने आमचोक गाउँपालिका खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

त्यस्तै दोस्रो हुने टिमले नगद ६६ हजार ६६६ र तेस्रो हुने टिमले नगद ३९ हजार ९ सय ९९ साथमा मेडल र प्रमाण पत्र पाउने छन् । साथै महिला तथा पुरुष म्याराथुन प्रतियोगिता, एकल गाएन तथा नृत्य प्रतियोगिता तर्फ प्रथम दितिय र तृतिय हुने टिमले क्रमश १५ हजार दश हजार र ५ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने आमचोब खेलकुद आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार