२५ जेष्ठमा ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ हुने, यस्तो छ, पुरस्कार !


भोजपुर, १० जेठ ।
‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ सञ्चालन हुने भएको छ । विश्व अल्ट्रा धाविका मिरा राईको सम्मान स्वरुप २५ जेष्ठमा रेसको तयारी गरिएको आयोजकले शुक्रवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ ।

६६ किलोमिटर दुरीमा सञ्चालन हुन लागेको रेस भोजपुर सदरमुकामबाट शुरु हुने जनाइएको छ । टुडीखेलबाट शुरु भएको दौड शिद्धकाली मन्दिर, काफ्ले, धापखर्क, सुन्तले, वाघखोर, पासेगैरा, चाँपे, चुच्चे गुम्वाबाट मैयुङ्ग डाँडा पुगेर साउने भन्ने ठाउबाट पुनः सोहि मार्ग हुँदै टुँडीखेलमा आएर समापन हुने आयोजकको भनाई छ ।  रेसमा सहभागी हुने महिला तथा पुरुष खेलाडीलाई सम्मान पुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
एकल तर्फ रेसमा सहभागी प्रथम दितिय, तृतिय, चौथो र पाँचौ हुने महिला तथा पुरुष खेलाडीले क्रमश ५० हजार, २५ हजार, १५ हजार, दश हजार र ५ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकको भनाई छ । त्यस्तै सामुहिक रुपमा प्रथम दितिय र तृतिय हुने समुहले क्रमशः १० हजार, ८ हजार, ५ हजार , ट्रफी र प्रमाण पत्र पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी, तिम्मा सरोकार मञ्च काठमाण्डौ, दावाली मिलन क्लवले गरेको छ । त्यस्तै प्राविधिक सहयोग नेपाल माउटेन्ड स्काई रनिङ्ग एसोसियसनले गरेको छ ।

जिल्लाको खेल क्षेत्रको विकासको लागि प्रतियोगिताको आयोजना गरिएको रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी भोजपुरका अध्यक्ष पावीहाङ्ग राईले जानकारी दिए । मौसमको प्रतिकुलताको कारण १६ वर्ष माथीको खेलाडीले मात्र सहभागीता जनाउन पाउने उनको भनाई छ । सहभागी हुने खेलाडीले २२ जेठ सम्ममा फर्म भरि सक्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फर्म किरात इन होटल भोजपुर, खेलकुद विकास समितिका कार्यालय भोजपुर, धरान रनको कार्यालय धरान र विनायो क्याफे डिल्ली वजार काठमाण्डौबाट पाइने आयोजकको भनाई छ । कार्यक्रमको प्रमुख अथितिको रुपमा राखेपका सदस्य सचिव केशव विष्ट आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार