भोजपुर सहित चार जिल्लामा टेलिकमको मोवाइल सेवामा समस्या, यस्तो छ, कारण !


भोजपुर,३० वैसाख । भोजपुर सहित अन्य चार ओटा जिल्लामा नेपाल टेलिकमको मोवाइल सेवामा समस्या हुँदा लाखौ सर्वसाधरण मारमा परेका छन् । आइतवार विहान करिव १० वजेबाट टेलिकमको प्रिपेइड, पोष्टपेइड र सीडीयमएम सेवामा समस्या देखिएको हो ।

सुनसरीको तरहरा र धनकुटाको भेडेटारमा अप्टिकल फाईवरमा समस्या भएको कारण सेवामा समस्या भएको नेपाल टेलिकम भोजपुरले जनाएको छ ।

जसको कारण भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम जिल्लामा नै सेवामा समस्या रहेको नेपाल टेलिकम भोजपुर साखाका प्रमुख रामसेवक यादवले जानकारी दिए ।

समस्या देखिएको स्थानमा मर्मत भईरहेको भए पनि सेवामा पुर्ण रुपमा सुधार आउन सक्ने समय भने यकिन गर्न नसकिने यादवको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार