
भोजपुर, २२ वैसाख ।
यएईमा रहेका नेपालीहरुले मजदुर दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेका छन् ।
भोजपुर हातेमालो समाज युएई अलऐन समितिद्धारा दिवसको अवसरमा कार्यक्रम गरेको हो । दिवसको अवसरमा नेपालीहरु भेला भई आपसी छलफल तथा ड्राई पिकनिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । युएई अलऐन शहर स्थित जावेल हफित पार्कमा कार्यक्रम गरिएको हो ।
वैदेशिक रोजगारीको शिलसिलामा नेपालका विभिन्न जिल्लाबाट गएका र अलऐन क्षेत्रमा कर्मथलो बनाएर वसी रहेका नेपाली समाजसेवी, युवा युवतिहरूको सक्रियतामा दिवसको अवसर पारेर तय गरिएको कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको समाजका क्षेत्रीय अध्यक्ष छिरिङ शेर्पा जानकारी दिए ।
प्रवासमा भएपनि नेपालीहरुले सुख: दुखका अनुभव बटुल्दै भविष्यमा आइपर्न सक्ने हरेक दैविक बिपत्तिको हातेमालोको माध्यमबाट समाधान गर्दै सामाजिक कृयाकलापमा सधै अघि बढ्ने सवैले प्रतिवद्धता जनाएको समाजका केन्द्रीय उपाध्यक्ष प्रेम शेर्पाले बताएका । साथै नेपालका सामाजिक , न्यायिक , आर्थिक, शैक्षिक र भौतिक एब पर्यटन क्षेत्रमा प्रचार -प्रसार गरि हरेक क्षेत्रमा रुपान्तरण गर्ने निति लिने विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थिति तथा आयोजक लगाएत सवै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समाजका महासचिव तिर्थ योञ्जनले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।