भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आगोलागी हुदा एक घर जलेर नष्ट


भोजपुर १९ बैशाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं -५ खावामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोलर प्यानलको तार सर्ट भई लागेको आगोबाट स्थानीय प्रवेश राईको घर जलेर नष्ट हुँदा ८४ हजार बराबरको क्षती भएको  छ ।

आगोलागिबाट घरमा रहेको अन्न, कपडा , मोवाइल लगाएतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो मंगलबार राती ११ तिर भान्सा कोठाबाट सल्कियको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार