उदयपुर । उदयपुरको एक नगरपालिकामा कार्यरत लेखा अधिकृत ८ करोड रकम हिना मिना गरेको आरोपामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकालले कार्यालयको ३ करोड ९७ लाख ५० हजार लिएर बेपत्ता भएका उनलाई बुधवार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नगरपालिकाको सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरि सबै आफनो खातामा रकम अन्तर गरि केही दिन अघि बेपत्ता भएका लेखा अधिकृत ढकाललाई काठमाण्डुको ज्ञानेश्वरबाट पक्राउ गरे परेको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नगरपालिकाको नाममा पठाईएको रकममा नगरपालिकासँगै आफनो नामको खातामा रकम संकलन गरी ढकाल सम्पर्क बिहिन भएका थिए । लेखा अधिकृत ढकालले पहिलो पटक १ करोड ९८ लाख ७५ हजारका दोश्रो पटक १ करोड ९८ लाख ७५ हजार गरि ३ करोड ९७ लाख ५० हजार रुपैया आफनो नाममा रहेको खातामा हालेका ढकालले थापाथलीबाट पटक–पटक गरी २७ लाख बाहेक सबै रकम निकाली सकेको खुलासा भएको छ । राष्ट्रिय वाणिज्य बैंकको कटारी शाखाका प्रमुख उमापति वाँस्तोलाले सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम कोलोनिकाबाट प्राप्त चेकलाई आफनो नाम सहितको खातामा राखेर थापाथलीबाट निकालेको पाईएको बताए ।
नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले बैशाख ३ गते कार्यालय छाडेर हिंडेका ढकालले रकम हिनामिना गरेको खुलासा भएपछि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताईन् । घटनाको अनुसन्धान भई रहेको बताउँदै राउतले किर्ते हस्ताक्षर समेत गरेको हुन सक्ने आशंका रहेको बताईन् ।
नगरपालिकाको सामाजिक सुरक्षा लगायत नगरपालिकाको अन्य कोषको रकम प्रमुख प्रशासकिय अधिकृतको किर्ते हस्ताक्षर गरि आफनो खानामा जम्मा गरेको हुन सक्ने बताएको छ । ढकालको खातामा रहेको सो रकम गएको चैत्र २ गते गोविन्द नामको व्यक्ति मार्पmत १ करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्ति मार्पmत १७ लाख निकालेको पाईएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए । सो रकम पुन कसको खातामा गएको हो अनुसन्धान भईरहेको पनि बाँस्तोलाले बताए ।
सामाजिक सुरक्षा भत्ता वापतको रकम किन नगरपालिकाबाट ढिला भयो भन्दा लेखा अधिकृत ढकालले पहिला नै आफनो खातामा रकम अन्तर गरि हाली सकेको भेटियो । सामाजिक सुरक्षा वापतको रकम फेरी कुन शिर्षकबाट आयो भन्ने कुरा अनुसन्धानको विषय भएको पनि बाँस्तोलाले बताए । नगरपालिकाको ठुलो रकम गैर कानुनी रुपमा लेखा अधिकृतले आफनो निजी खातामा रकम अन्तर गरेको बैंकबाट सार्वजनिक भएपछि तुरुन्त आफु रातारात गरि बिराटनगर हुनै काठमाण्डौमा आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामु आयुक्तलाई आफैले निवेदन दिएर ज्ञानेश्वरबाट पक्राउ गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ ९ काजी ० ले जानकारी दिए ।
मेयर श्रेष्ठले नगरपालिकाको रकम गैरकानुनी रुपमा आफनो खातामा रकम अन्तर गरि हिनामिना गरेको थाहा पाएपछि नगरपालिकाबाट सरुवा भई गई सकेका प्रमुख प्रशासकिय अधिकृत पुण्यप्रसाद लुईटल र मैले अख्तियारमा निवेदन दिएर पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कार्कीले नगरपालिकाका लेखा अधिकृत ढकालले नगरपालिकाको ठुलो रकम अनियमितता गरेको सार्वजनिक भएको बताए ।
प्रजिअ कार्कीका अनुसार लेखा अधिकृत ढकालले ईलामको माइ नगरपालिकामा रहदा समेत त्यहाँ पनि यस्तै गरि नगरपालिकाको रकम आफनो निजी खातामा रकम अन्तर गरिएको जानकारी आएको र त्यहाँ अनुसन्धान भई रहेको बताए । त्यहाँ रहदा उनले प्रमुख प्रशासकिय अधिकृतको किर्ते हस्ताक्षर गरि करिब ४ करोड हिनामिना गरेको अनुसन्धान भई रहेको बताए ।
ईलाममा रहदा सामाजिक सुरक्षाको यतिका ठुलो रकम बोकेर लैजान नसक्ने भन्दै बैकलाई धम्क्याएर जबजस्ती आफनो निजी खातामा रकमान्तर गराउने गरेको बैकका एक कर्मचारीले जानकारी दिए ।