भोजपुरको षडानन्द नगरपालिका प्रथम मेयर कप शुरु


भोजपुर ९ बैशाख ।
भोजपुरको षडानन्द नगरपालिका प्रथम मेयर कप २०७५ (आज) आईतवारबाट शुरु भएको छ । प्रतियोगिताको षडानन्द नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अथिति विरवल राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।

प्रतियोगितामा विभिन्न खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । जसमा पुरुष फुटवल, महिला पुरुष भलिवल, वद्धिचाल, एक सय मिटर र एक हजार मिटर दौड, लङ्जम्प, सर्ट फुट, लगाएत प्रतियोगिता हुने आयोजकको भनाई छ ।

प्रतियोगितामा षडान्द नगरपालिका भित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने खेलकुद सञ्चालन समितिको अध्यक्ष सुमन राईले जानकारी दिए ।

प्रतियोगिताको लागि महिला भलिवल तर्फ ७, पुरुष तर्फ ११ टिम र पुरुष फुटवल प्रतियोगिता तर्फ ९ टिमको सहभागिता रहेको छ । भलिवल तर्फ प्रथम दितिय र तृतिय हुने महिला तथा पुरुष टिमले प्रमाण पत्रको साथमा क्रमश ५० हजार, ३० हजार, २० हजार पाउने खेलकुद सञ्चालन समितिका सचिव केशव गुरागाँईले जानकारी दिए ।

त्यस्तै फुटवल तर्फ प्रमथ दितिय र तृतिय हुने टिमले पनि क्रमश ५० हजार, ३०, हजार २० पाउने छन् । प्रतियोगिता १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार