राराको डिलमा प्रधानमन्त्रीको सम्वोधन


काठमाडौं, १ वैसाख ।
काठमाडौं । कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।

राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । र, त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रित १८ पन्ने लिखित सम्वोधन गरे देशबासीका नाममा ।

प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।

प्रकृतिको रमणीय वक्षस्थलमा पुगेका कारणले हुनुपर्छ, प्रधानमन्त्रीको भाषणमा सौन्दर्यरस र सपनाहरुको मिश्रणमात्रै हैन, महानन्द सापकोटाको कवितासमेत कोट गरिएको छ । प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा आफू तेह्रथुमको मध्यमवर्गीय परिवारमा जन्मिएकोसमेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार