भोजपुरको वालंखामा चट्याङ्ग लागेर तीन घाइते ..


भोजपुर, २२ चैत्र ।
भोजपुरको आमचोक गाउँपालिका – वालंखाको कालीकोटे गाउँमा वर्षातसंगै आएको चट्याङ्गमा परी तीन जना घाइते भएका छन् ।

विहिवार विहान १०ः ३० वजेको समयमा परेको चट्याङ्गले स्थानिय इन्द्र वहादुर विकको ३६ वर्षीय श्रीमती लक्ष्मी विक, छोरा १५ वर्षीय प्रकाश विक र चन्द्र वहादुर विकको ५४ वर्षीय सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

घाइते लक्ष्मी र सीताको स्वास्थ्य चौकी वाङ्लखा उपचार भईरहेको छ भने वालकको अवस्था सामन्य रहेको प्रहरीको भनाई छ । वुधवार वेलुका पनि पौवादुङमा गाउँपालिका – ४ मा चट्याङ्गले लागेर एक जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार