
भोजपुर, २१ चैत्र ।
ट्याम्कैमैयुङ्ग गाउँपाकिालको सम्पुर्ण वडा इन्टरनेट जडान गरिएको छ । गाउँपालिकाका नौ वटै वडा कार्यालय भवनमा इन्टरनेट जडान कार्य सम्पन्न भएको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए । गाउँपालिका भवनसंगै सवै वडा कार्यालयमा इन्टरनेट जडान भएपछि सेवा प्रवाहमा सहजता भएको वडा कार्यालयहरुले जनाएका छन् ।
सो क्षेत्रमा तत्कालको लागि विद्युत विस्तार नभएको कारण सोलार प्रणालीबाट इन्टरनेटसंगै कम्पुटर ल्यापटप प्रिन्टर लगाएतका साम्रगी सञ्चालन गरिहेको जनाइएको छ । ट्याम्के मैयुङ्ग गाउँपालिकाका सम्पुर्ण वडाहरुलाई एक साथ सुचनाको पहूँच ल्याउने उद्धेश्यले सवै वडामा इन्टरनेट जडान गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । गाउँपालिकाको विकासको लागि विद्युत विस्तार, सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम भईरहेको उनको भनाई छ ।
गाउँपालिकाका सवै वडा वान एमवीपीयस क्षमताको इन्टर जडान गरिएको हो । इन्टरनेट जडानबाट वडा कार्यालयमा आएका सर्वसाधरणले निशुल्क सेवा पाईरहेका छन् भने कार्यालयको कामकाज सञ्चालनमा सहजता भएको ट्याम्के मैयुङ्ग गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुर्षोतम घिमिरेले वताए । गाउँपालिका तथा वडा कार्यालयकोआर्थिक सहयोगमा इन्टरनेट सेवा विस्तार गर्न सफल भएको इन्टरनेट प्रदायक संस्था वोर्डलिङ्का भोजपुर वितरण प्रमुख एक्सन राईले जानकारी दिए । अन्य स्थानियहरु पनि इन्टरनेट जडान गर्दै प्रविधि मैत्री वनीरहेका छन् ।
जिल्लामा वोर्ड लिङ्क र सुवीसु गरि दुई ओटा इन्टरनेट प्रदायक सस्थाले इन्टेरनेट वितरण गरिरहेका छन् । त्यस्तै नेपाल टेलिकमको एडीएसएल सेवा समेत सञ्चालनमा रहेको छ ।