भोजपुर जिल्लाका अधिकांश विद्यालय वन्द, वन्द गरिएको विषयमा शिक्षा कार्यालयले स्पस्टीकरण लिने !


भोजपुर, १७ चैत्र ।
अनुगमनको क्रममा जिल्ला अधिकांश विद्यालयहरु वन्द गरिएको भेटिएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ । वार्षिक परिक्षा सम्पन्न गरेसंगै जिल्ला अधिकांश विद्यालय वन्द रहेको भेटिएको हो ।

वार्षिक परिक्षा सम्मन्न भए पश्चात पनि विद्यालय वन्द गर्न नपाईने जिल्ला शिक्षा अधिकारी डम्वर ध्वज आङ्देङ्वे वताए । उनले भने ‘मैले अनुगमन गर्ने क्रममा जिल्ला अधिकांश विद्यालय वन्द रहेको भेटे त्यस्ता विद्यालयहरुलाई विद्यालय किन वन्द भयो, भन्ने विषयमा स्पस्टीकरण माग गर्छु ।’
यो समयमा विद्यालयको वार्षिक कार्ययोजना वनाउने, आगामी दिनको कार्ययोजना तयार गर्नु पर्ने, विगतमा गरिएका कामको समिक्षा गर्नु पर्ने समयमा विद्यालय वन्द हुनु दुखत कुरा रहेको उनको भनाई छ । जिल्ला शिक्षा कार्यालय सार्वजनिक विदाको दिन वाहेक कुनै पनि दिन विद्यालय वन्द नगर्न विद्यालयहरुलाई निदेशन समेत दिएको छ । त्यस्तै कार्यालयले परिक्षा सम्पन्न भए पश्चात विद्यालयले गर्नु पर्ने समेत कार्य समेत तोकि दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार