भोजपुर झ्याउँपोखरीका एक समाज सेवीद्धारा ६ लाखको जग्गा विद्यालयलाई ‘दान’


भोजपुर, १५ चैत्र ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका – ११ झ्याउँपोखरीमा रहेको शारदा माध्यमिक विद्यालयलाई एक समाज सेवीले ६ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । सोही वडाका यादनर शिंह कार्कीले छोरा चन्द्र वहादुर कार्कीको नाममा रहेको जग्गा निशुल्क प्रदान गरेका हुन् ।
आफु जन्मेको ठाउँका वालवालिकाले सहज रुपमा शिक्षा लिन सकुन तथा विद्यालयलाई आर्थिक रुपमा सवल वनाउने लक्ष्यले जग्गा विद्यालयको नाम पास गरि दिएको कार्कीको भनाई छ ।

कार्कीले छोराको नाममा रहेको ८ रोपनी जग्गा विद्यालयको नाममा विहिवार नै पास समेत गरि दिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष देविराम चौलागाँइले जानकारी दिए ।  साथै कार्कीलाई विद्यालयको तर्फ धन्यवाद ज्ञापन गरिएको अध्यक्ष चौलागाँइको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार