भोजपुर,१४ चैत्र ।
भोजपुरको उत्तरी भेग षडानन्द नगरपालिका –११ झ्याउँपाखेरीमा मोवाइल पसलमा आगलागी भएको छ ।
स्थानिय सुरेन्द्र उदासको घरमा मोवाइल पसल सञ्चालन गर्दै आएका लोकेन्द्र श्रेष्ठको मोवाइल पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वुधवार विहान १ वजे विद्युत सर्ट भई आगलागी हुँदा ५ लाख ११ हजार वरावरको क्षति भएको प्रहरीको भनाई छ ।
आगलागीबाट श्रेष्ठको पसलमा रहेको एक थान कम्प्युटर, १ थान ल्यापट टप, १५ ओटा मोवाइल, १० ओटा टेलिभिजन, यूपीएस चार्जर लगाएत सामग्री जल्दा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ ।
आगलागीबाट कुनै पनि मानविय क्षति नभएको जनाइएको छ । आगो प्रहरी र स्थानियको सकृयतामा नियन्त्रण लिएको थियो ।