
सञ्चालन भइरहेको एसइई परीक्षामा संलग्न एक छात्रा मृत फेला परेकी छन् । सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका– ३ की १८ वर्षीया गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
सूर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययनरत छात्रा परीक्षा दिनेक्रममा डेरा लिएर बसेकी थिइन् ।
पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर कै विद्याज्योति माविमा परीक्षा केन्द्रकी परीक्षार्थी रोकाय डेरामा बस्दै आएकी थिईन् । उनी बिहान परीक्षा दिन जाने क्रममा अबेर सम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा घाउचोट देखिएको भन्दै कसैले हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठको भनाई छ । घटना शंकास्पद रहेको भन्दै अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।