भोजपुरमा यस्तो छ वन्दको असर


भोजपुर ११ चैत्र । आफ्ना कार्यकर्ता रिहाको माग गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको एक दिने कोशी बन्दका कारण भोजपुर लगाएत पूर्वको जनजीवन कस्टकर बनेको छ ।

वन्द कारण भोजपुरबाट बाहिर जाने कुनै पनि वस छुटेका छैन्न भने भोजपुरको लागि धरानबाट पनि कुनै वस नछुटेको संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए ।

पार्टीका केन्द्रिय सदस्य तथा कोशी व्युरो इन्चार्ज किरण राई सहित अन्य नेता तथा कार्यकर्ता रिहाईको माग गदेै वन्दको आह्वान गरिएको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

विना सर्त उनिहरुको रिहाईको माग गर्दै भोजपुर सहित मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभामा गरि ६ ओटा जिल्लामा वन्दको आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार