फेरी पनि जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, डिलरमै भेटियो यस्तो


भोजपुर ६ चैत्र । जिल्ला प्रसासन कार्यालय भोजपुर द्धारा आज (मंगलबार) पनि भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगम गरेको छ । सोमबार अनुगमन गर्न बाँकी रहेका पसलहरुको मंगलबार अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेको नेतृत्वमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तेल, पेय पर्दाथ लगाएतका बस्तु फेला परेका छन ।

भोजपुर सदरमुकाम स्थित चारभञ्जाङ देखि भोटेपसल हुदै हटिया लाईनमा रहका १७ वटा किराना पसलमा अनुगमन गरि म्याद सकिएका पेय पर्दाथ तथा खाध्यनका सामानहरु सामुहिक रुपमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल उपेन्द्र अधिकारीले जानकारी दिए । पसलहरुबाट १८ हजार ३ सय २५ मुल्य बरावरको सामान नष्ट गरिएको हो ।

अनुगमनका क्रममा खाद्यान्न तथा मधिराजन्य सामानहरु एकै ठाउपमा राखेर विक्री गरेको र कतिपय पसल दर्ता नभई सञ्चालन भएको पाईएकोले उनिहरुलाई कानुनी दाहेरामा आउन सुझव समेत दिएको सहाएक प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ ।

त्यस्तै भोजपुर विच बजारमा रहेको प्रजिता टे«ड एण्ड सप्लाएर्समा रहेका स्र्पाइटको डिलरबाट भने पुरै म्याद गुज्रीएको स्र्पाईट पाईएको छ । सप्लाएर्समा २ सय ४३ काटुज स्पाईट फेला पारेका हो ।

डिलरले रिटेलर विक्रेतालाई यस्तो पेय पदार्र्थ विक्रि गर्दै आएको समेत खुलसा भएको छ । डिलरलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले स्पस्टी करण समेत मागेको छ भने म्याद गुज्रीएका सामानलाई सात दिनको म्याद तोकि कम्पनीमा फिर्ता गर्नलाई अल्टी मेटम समेत दिएको छ ।
प्रशासनले भोजपुरको प्रजिता ट्रड एण्ड सप्लायर्स, पाथीभारा किराना पसल, आचर्य किराना पसल लगाएतका १६ पसलहरुको अनुगमन गरेको हो ।
उपभोक्ता हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको उनको भनाई छ । बजार क्षेत्रमा धेरैजसो पसलमा पेय पदार्थ म्याद गुज्रिएको फेला परेको छ ।
अनुगमनमा उधोग बाणिज्य संघ, नागरिक समाज, सुरक्षा निकाए, उपभोक्ता अधिकार मंचका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार