
भोजपुर, ४ चैत्र ।
भोजपुरको ट्याम्केमैयुङ्ग गाउँपालिका–७ कोटमा जंगलको आगो वस्तीमा पस्दा दुई ओटा घर सहित एउटा गोठघर जलेर नश्ट भएको छ ।
स्थानिय शंखर खतिवडा, रुद्र गौतम, गोपाल कटुवाल, ढाक कुमारी लुईटेल लगायतको निजि जंगलमा लागेको आगो वस्तीमा पस्दा घर तथा गोठ घर जलेर नश्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शुक्रवार भएको आगलागीबाट शंखर खतिवडाको दुई ओटा खाली घर जल्दा तीन लाख वरावर र ढाक कुमारी लुईटेलको गोठ घर जल्दा ५० हजार गरि आगलागीबाट तीन लाख ५० हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानियको सकृयतामा नियन्त्रणमा लिएको थियो ।