भोजपुरको विद्योदय माविमा एक दम्पतीद्धारा अक्षय कोष स्थापना..


भोजपुर, २९ फागुन ।
भोजपुर सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा एक दम्पतीले छात्रावृति अक्षय कोष स्थापना गरि दिएका छन् ।

भोजपुर भोटेपसल घर भई हाल वुढानिलकण्ठ –८ गुल्फाटार काठमाण्डौ वस्दै आएका वल वहादुर श्रेष्ठ उनकी श्रीमती उर्मिला श्रेष्ठले स्वर्गिय बुवा गणेश वहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठको नाममा एक लाख रुपैयाको अक्षय कोष स्थापना गरि दिएका हुन् ।

 

उक्त रकमको व्याजबाट विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत असाहय, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृति दिइने विद्यालयले जनाएको छ । अक्षयकोष दाता दम्पतीलाई विद्यालयले धन्यवादसंगै आभार प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार