भोजपुरमा चारजना विरुद्ध सार्वजानिक मुद्धा


भोजपुर २४ फागुन ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले साल्पासिलिछो गाउँपालिका – २ खमारेका चार जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्धा चलाएको छ ।

स्थानिय १६ वर्षिय सम्झना दंगाललाई घरबाट वोलाएर विना कारण गाली व्यजेती, संगै अपशब्द प्रयोग गर्ने उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक मुद्धा चलाएको हो ।

पीडतिले दिएको उजुरीको आधारमा प्रहरीले स्थानिय विनिता भट्राई खत्री, गंगा प्रसाद भटट्राई, देवी भटट्राई र जनक कार्की विरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको हो ।

तीन दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यायलय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्र्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार