भोजपुरको ओख्रेमा एक दम्पतीद्धारा १५ लाखको जग्गा विद्यालयलाई ‘दान’


भोजपुर, १५ फागुन । एक समाजसेवी दम्पतीले १५ लाख मुल्य वरावरको जग्गा विद्यालयलाई दान गरेका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका – १ पखुवा, ओख्रेको कालिका माध्यमिक विद्यालयलाई ती दम्पतीले  जग्गा निशुल्क दान गरेका हुन् ।

 

 

सोही ठाउँमा जन्मथलो भएका डोलेन्द्र वहादुर वानियाँ र उनकी श्रीमती अम्वीका वानियाँले उनिहरुका स्वर्गिय वुवा  गणेश वहादुर वानियाँ र आमा भगिरथा वानियाँको नाममा निशुल्क जग्गा दिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र वानियाले जानकारी दिए ।

 

 

वानियाँ दम्पतीले सोही गाउँपालिकाको वडा नं –३ मन्सराममा रहेको ४३ रोपनी जग्गा विद्यालयको नाममा पास गरि दिएका हुन् ।

सामाजसेवी दम्पती हाल ललितपुर उपमहानगरपालिका वडा – २३ धापाखेलमा वस्दै आएका छन् । जग्गादाता दम्पतीद्धयलाई सम्मान पत्रद्धारा सम्मान समेत गरेको विद्यालयले जनाएको छ । सम्पुर्ण वालवालिकाले सहजरुपमा शिक्षा पाउन सकुन साथै विद्यालयलाई पनि केहि आर्थिक सहयोग पुगोस भन्ने उद्धेश्यले जग्गा दिएको जग्गादाता डोलेन्द्र वहादुर वानियाँले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार