१३ बर्षिय बालिकालाई ब्लड क्यानस, आर्थिक अवस्था कम्जोर हुदा उपचारमा समस्या


६ फागुन ।
१३ वर्षिय बालिकालाई ब्लड क्यान्सर हुदा उपचारमा समस्या भएको छ । बालिका रुमा वि.क.को घरको आर्थिक स्थिति नाजुक भएको कारण बालिकाको उपचारमा समस्या भएको हो ।

अहिले बालिका बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा जीवन र मृत्यु संग लडिरहेकी छन।

प्रदेश नम्बर ५ अर्घाखाँची पणिनी गाउँपालिका वडा नम्बर ४ निबासी छत्र बहादुर बि.क को छोरी रुमा बि. क . लाई ब्लड क्यानसर भएको थाहा पाएपछि परिवारमा रुवा वासी छाएको छ ।

रुमाका बाबु भन्छन् -आर्थिक अवस्था ज्यदै कम्जोर छ, यतिका पैशा कहाबाट ल्याए उपचार गर्ने होला वि .क. छोरी रुमाको उपचारको रकम जुटाउन सबै संग हारगुहार गरिरहेका छन् ।

 

त्यसैले स्वदेश तथा बिदेश रहेका सहयोगी मनका धनी दाजुभाइ तथा दिदीबहिनी हरुलाई आफुले सकेको आर्थिक सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

बालिकाको पउचारका लागि ६-७ लाख लाग्ने अस्पतालको भनाई छ । आर्थिक समस्याका कारण उपचारमा समस्या भएको वि.कको भनाई छ । सहयोग गर्न चाहाने ईच्छुक व्यक्तीले ९८६७३७२५९३ मा सम्पर्क गर्न सहयोग गर्न सक्नु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार