प्रदेश नं १ राई र आचार्यको टक्कर , कस्लेमार्ला बाजी


काठमाडौं २५ माघ । एमाले १ नम्बर प्रदेश संसदीय दलमा प्रदेश संयोजक एवम् पार्टी सचिव भीम आचार्य र प्रदेश सहसंयोजक तथा पोलिटव्युरो वैकल्पिक सदस्य शेरधन राईबीच कडा प्रतिपर्धा हुने भएको छ ।

सहमति जुट्न नसकेपछि भोलि चुनाव नै हुने भएको हो । शुक्रबार बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिए । देशको चासोको प्रदेशको रुपमा रहेको प्रदेश नं। १ नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख सुभास नेम्वाङ्ग लगायतका धेरै केन्द्रिय स्तरका नेताको क्षेत्रको रुपमा रहेको प्रदेशमा संसदिय दल नेताको लागि राई र आचार्यको प्रतिपर्धा रोचक हुने देखिएको छ ।

निकट स्रोतका अनुसार अहिलेको परिस्थितीमा राईको पक्षमा वढी संख्या रहेको बताईको छ । पूर्व सञ्चारमन्त्रीको पदलाई कुशलतापूर्वक संचालन गरी १ नं। प्रदेशका जनताको मनमुटुमा वस्न सफल भएका राईको पक्षमा ३० देखि ३५ जना हाराहारी सांसदहरुको समर्थन रहने बताईको छ भने आचार्य भने आफ्नै व्यक्तिगत कारण तथा पार्टीको केन्द्रिय तहबाट नै आलोचित भइरहेको कारण उनको पक्षमा १५ देखि २० जना सांसदहरुको समर्थन रहने निकट स्रोतले बताएको छ ।

प्रदेश नं। १ मा नेकपा एमालेको एक्लो बहुमत रहेको छ । जम्मा ९१ जना प्रदेश सदस्य रहेकोमा ५१ जना एमालेको मात्र सांसदहरु रहेका छन् । आचार्य माधव कुमार नेपाल निकटका हुन भने राई अध्यक्ष ओली निकटका हुन् । प्रदेश नम्बर एकमा नेता माधव नेपाल पक्षको राम्रो रहे पनि आचार्यको व्यक्तिगत प्रभाव कमजोर भएकाले राई दलको नेता चुनिनेमा ओली समूह निश्चित जस्तै रहेको निकट स्रोतले वताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार