विश्व बैंकले ५ जिल्लाका १ लाख भूकम्पपीडितको घर बनाइदिने,कुन कुन जिल्लामा बन्दैछन् घर ?


काठमाडौं २३ माघ, । विश्व बैंकले भूकम्पप्रभावित विभिन्न पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने भएको छ ।

पुनर्निर्माण प्राधिकरण र विश्व बैंकका प्रतिनिधिबीच सोमबार यस विषयमा सहमति भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सम्झौताबमोजिम विश्व बैंकले भूकम्पप्रभावित रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रे र रसुवामा ती घर पुनर्निर्माण गर्नेछ ।

करिब दुई साताअघि बैंकले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि सरकारसँग तीन सय मिलियन डलर ९करिब ३० अर्ब रुपैयाँ० को सम्झौता गरेको थियो ।

बैंकको वित्तिय सहयोगमा हाल दोलखा, नुवाकोट र धादिङमा निजी आवास पुनर्निर्माण गरिरहेको छ । ती जिल्लामा ५५ हजार घर पुनर्निर्माण गरिरहेको छ । त्यसमा बैंकले दुई सय मिलियन अमेरिकी डलर (२० अर्ब रुपैयाँ० खर्च गरिरहेको छ ।

बैंकले भूकम्पपछिको पुनर्निर्माणका लागि पाँच सय मिलियन अमेरिकी डलर (५० अर्ब रुपैयाँ० सहयोगको प्रतिवद्धता जनाएको थियो । हाल पुनर्निर्माणका लागि गरेको सम्झौता रकम त्यही प्रतिवद्धता अन्तर्गत भएको प्राधिकरणले जनाएको छ । अनलाईन खवर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार