बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


 २३ माघ, ।
एक युवतीलाई बलात्कार गरेको आरोपमा खोटाङ्गका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलमा २० वर्षीय युवतीलाइ वलत्कार गरेको आरोपमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई रहेका छन् ।

होटलको कोठा नम्बर १०२ मा आफूमाथि बलात्कार भएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, धरानमा सोमबार जाहेरी दिएकी छन् । पीडितको जाहेरी लगत्तै प्रहरीले राई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको हो ।

 

प्रहरीका अनुसार राईले गत १३ पुसमा धनकुटाको चौबिसे गाउँपालिका–५ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्दै आएकी ती युवतीलाई होटलमा जबरजस्तीकरणी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार