भोजपुर वहिरा संघद्धारा सवारी साधनमा छुटको माग, छुटको विषयमा वस व्यावसायीको यस्तो छ प्रतिक्रिया !!


भोजपुर, १९ माघ ।

भोजपुर वहिरा संघले अपाङहरुले सवारी साधनमा चढ्दा ५० प्रतिशत छुट हुनु पर्ने माग गरेको छ । कुनै पनि ठाउँमा सवारी साधन मार्फत यात्रा गर्दा नेपाल सरकारले अपाङ्गहरुलाई दिएको ५० प्रतिशत छुट अनिवार्य हुनु पर्ने माग सहित जिल्ला प्रसासन कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । सवारी साधनमा चड्दा आफुहरुले छुट नपाएकाले त्यसको कार्यन्वयनको लागि लागि जिल्ला प्रसासन कार्यलयमा ध्यानकर्षण पत्र वुझाएको भोजपुर वहिरा संघका अध्यक्ष सिताराम ओझाले जानकारी दिए । उनले भने ‘हामीले सवारी साधनमा यात्रा गर्दा नेपाल सरकारले व्यावस्था गरेको अनुसारको छुटको कार्यान्वयनका लागि ध्यानकर्षण पत्र वुझाएका छौ ।’
ध्यानकर्षण पत्र वुझाए पस्चात उनीहरुलाई लिएरको वढी भाडा फिर्ता भएको समेत उनले जानकारी दिए । सिताराम ओझा सहित अन्य दुई जनालाई लिएको एक हजार भाँडा मध्ये ५० प्रतिशत छुट फिर्ता दिएको उनको भनाई छ । उनिहरुले भोजपुरको देउरालीबाट चखेवा सम्मको यात्राको क्रममा तिरेको भाँडा मध्ये ५० प्रतिशत छुट पाएका हुन् ।
यता संयुक्त वस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तान आपङ्गता भएका व्याक्तिलाई छुट दिने गरेको भए पनि परिचय पत्र नहुँदा समस्या हुने गरेको वताएका छन् । परिचय पत्र मात्र हेरेरमा छुट दिँदा अन्य व्याक्तीले त्यसको फाइदा लिने गरेको उनले वताए । उनले भने ’हामीले अपाङ्गता भएका व्यक्तीलाई अवस्था हेरि छुट दिने गरेका छा,ै तर कतिपय अवस्थामा त्यसको गलत प्रयोग भईरहेको छ । त्यसको प्रभावकारी कार्यन्वयनको लागि उनिहरुले हामीलाई अपाङ्गता परिचय पत्रको अनिवार्य रुपमा प्रतिलिपि वुझाएमपछि हामी उनिहरुलाई छुट दिन तयार छौ । त्यस्तो प्रतिलिपिलाई हामी चलानी नम्वर साथमा वसका स्टाफसंगै पठाइदिन्छौ त्यसो हुँदा टिकट गलत प्रयोग हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार