भोजपुरको टेम्केमैयुङ गापाको मुख्य ५ सडकको टेन्डर पक्रिया सम्पन्न, कुन -कुन सडक खण्डको ठेक्का लाग्यो ?


भोजपुर,११ माघ ।

भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको मुख्य ५ वटा सडकको टेन्डर प्रक्रिया सम्पन्न भएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको १८ ओटा सडक निर्माण योजना मध्ये मुख्य ५ ओटाका लागि टेन्डर आह्वान गरिएको थियो, भने अन्य साना १३ ओटा योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाले सेतीवगर हुँदै तिम्मा वडा कार्यालयबाट वाघखोर सडक खण्ड, रिमचिम वाचुम्ला रुमला हुँदै पञ्चमी डाँडा, नागी खावा हुँदै पिङ्गडाँडा पाँचधारे, कपासे भञ्याङ्ग र पिङ्ग डाँडाबाट धाइपा रचने हुँदै पाँचधारे, सडक खण्डको लागि ५ ओटा सडक मार्फ निर्माण कार्य सञ्चालन गर्न लागेको हो ।

५ ओटै सडक निर्माणको लागि यस अघि पौष महिनामा टेन्डर आह्वान गरेको भएपनि निमार्ण व्यवसायी बिचको प्राविधि समस्याको कारण टेन्डर प्रक्रियामा अवरोध भए पछि पुनः १५ दिने सुचना जारी गरेर टेन्डर आह्वान गरिएको थियो ।

टेन्डर प्रक्रिया सम्पन्न भएकोले केहि आन्तरिक प्रक्रिया सम्पन्न गरेर चाडै नै सडक निर्माणको काम शुरु हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष सुनिल राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार