भोजपुरमा साउन देखि हाल सम्म कति घटे अपराधिक घट्ना ?


भोजपुर, १० माघ ।
भोजपुर जिल्लामा पछिल्लो समय आत्माहत्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्ग अनुसार यस आर्थिक वर्षको साउन देखि हाल सम्म ५ महिनाको अवधीमा १८ जनाले आत्माहत्या गरेका छन् ।

 

हाल सम्म साउनमा शुन्य, भदौमा एक, असोजमा २, कार्तिकमा ६, मंसिरमा २, पौषमा ६ र माघ महिनामा एक जनाले आत्मा हत्या गरेका हुन् । जसमा झुन्डिएर १४ र विष सेवन गरेर ४ जनाले आत्माहत्या गरेको प्रहरीको भनाई छ ।

 

 

यो अवधीमा कर्तव्य ज्यान, ५ ओटा, ज्यान मार्ने उद्योग ४ ओटा, जवर्जजस्ती करणीको ६ ओटा घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार