खाँदबारीमा अध्यक्ष केसी कविता र गीतमा रमाए…


खाँदबारी, खेवाहाङ रार्ई, ९ माघ । नागरिक उड्यान पशिक्षण प्रतिष्ठान काठ्माणडौका महानिर्देशक देवेन्द्र केसीले सोमबार खाँदबारीमा कविता र गीत प्रस्तुत गरे ।

साँझ होटल लोटसको हलमा काब्यको रौनक र कफीको सिरपसंगै प्रतिष्ठानको टोलीलाई स्वागत कार्यक्रम भएको थियो । मकालु साहित्य समाज खाँदबारीको आयोजनामा भेटघाट कार्यक्रममा आएका उनले आफ्ना कविताहरु सुनाए । निरन्तर दुई वटा कविता सुनाई सकेर उनले गायिका तारादेवीको काली परे, दाई कत्ति राम्रो…बोलको गीत पनि सुनाए ।

कार्यक्रम साहित्य समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले संखुवासभाको पर्यटनको विषयमा कुरा गर्दै सुरु गरेका थिए । विश्वको पाँचौ अग्लो हिमाल मकालु, विश्वको होचो उपत्यका अरुण, सभापोखरी, गुफापोखरी तथा गुराँसको राजधानी रहेको संखुवासभामा नागरिक उड्यान प्रशिक्षण प्रतिष्ठानका ६ जनालाई स्वागत गर्न पाएकोमा गर्व लागेको उनले बताए । संखुवासभा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधानले संखुवासभाको गर्वको रुपमा रहेको रुद्राक्षको माला, अल्लाको टोपी र खदा अर्पण गरेर स्वागत गरिएका थिए । उनले तुम्लिङ्गटार विमानस्थललाई स्तरोन्नती गर्न पाए पर्यटन विकासमा अझ सहयोग पुग्ने जसको लागि महानिर्देशक केसीलाई अनुरोध समेत गर्न

भ्याए । प्रथम उपाध्यक्षको अनुरोधलाई स्वीकार्दै आफ्नो पक्षबाट सक्दो प्रयास हुने केसीले बताए । जिल्लाका ख्यातिप्राप्त गायक उमाङ्ग लामाले तीन जुरे मिल्के… भन्ने गीतवाट अथिति लगायत सम्पुर्णलाई स्वागत गरेका थिए ।
फराक लाग्थ्यो तिम्रो छात्ती, कठोरताको चुच्चो रै’छ
एकोहोरो माया माग्ने तिम्रो बानी लुच्चो रै’छ ।
तिम्रा हातमा संधैभरि गुलाफको फूल देख्थेँ
टुप्पापट्टि समातेको बढेमाको कुच्चो रै’छ ।।

यी हरफहरु गजलका हरफ हुन । कार्यक्रमको मध्य भागमा प्रस्ुतुत भएका संखुवासभाको साहित्यकार राजेन्द्र सर्वहाराको गजल हो । सर्वाहार लामो समयदेखि सृजना लेखनमा सकृय छन् । उनले होस्टेमा हैंसे, जमर्काका पाइलाहहरु कविता संग्रह तथा अन्य फुटकर सृजनाहरु गरेका छन् । गजल प्रस्तुत भई रहँदा हलमा वा वा को आवाज गुन्जिएको थियो । उनी लगायत कार्यक्रममा मकालु साहित्य समाजका पदाधिकारीहरु भरत कुलुङ, कृष्ण चापागाईं, बाबुराम बास्तोला लगायतले सर्जकहरुले सृजना गरेको सृजना प्रस्तुत भएका थिए । कार्यक्रम सरस्वती पुजाको अवसरमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार