धनकुटा वन्दको प्रत्यक्ष असर भोजपुरमा पनि, आज भोजपुरबाट वस छुटेकी नाई ?


भोजपुर, ५ माघ ।
धनकुटा वन्दको असर भोजपुरमा पनि प्रत्यक्ष रुपमा परेको छ । वन्दको कारण यातयातसंगै धुवानीका साधन सहजरुपमा सञ्चालनमा कठिनाई भएको छ । वन्दले आज(शुक्रवार)) भोजपुरबाट कुनै पनि सार्वजनिक बस नछुटेको जनाईएको छ ।

विहिवार भोजपुरबाट छुटेका वसहरु दिनभर विचमै अलपत्र परे पछि शुक्रवार कुनै पनि वस नपठाएको भोजपुरका संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए । आज समय तालिका अनुसार कुनै पनि वस नछुेटेको भए पनि आफै जोखिम मोलेर भने केहि वसहरु धरानको लागि छुटेको इन्जार्च राईको भनाई छ ।

आजको लागि टिकट लिएका २२ जना मध्ये १६ जनाको पैसा फिर्ता गरिदिएको इन्चार्ज राईले वताए । धरानबाट कुनै पनि वस नछुटेको उनको भनाई छ । विहीवार भोजपुर सदरमुकामबाट धरानको लागि छुटेका वसहरु जरायो देखि लेगुवा सम्म पुगेर दिन भर अलपत्र परेका थिए । लेगुवामा अलत्रपत्र परेका बसहरुलाई प्रहरीले राती स्कटिङ्ग गरेर धरान पु¥याएको थियो भने भेडेटारमा अलपत्र परेको वसलाई पनि स्कटिङ्ग गरेर गन्तव्य तर्फ पठाएइको धनकुटाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले खवरसंसारलाई जानकारी दिए । प्रहरीले विहिवार राती ८ वजेबाट ११ वजे स्कटिङ्ग गरेर यात्रुहरुलाई गन्व्य तर्फ पठाएको उनको भनाई छ । प्रदेश नम्वर एकको राजधानी धनकुटा वनाउनु पर्ने माग राख्दै विहिवारबाट गरिएको धनकुटा वन्दले भोजपुर सहित अन्य चार जिल्लाको जनजिवन प्रभावित वनेको छ । कोसी राजमार्ग अन्तर्गत पर्ने धनकुटा वन्दको कारण भोजपुर, संखुवासभा, तेह्रथुम, र धनकुटाको जनजिवन प्रभावति भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार