भोजपुर गोगनेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण


भोजपुर, ४ माघ ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाका वडा नं – ८ गोगनेका २८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसंगै सम्मान गरिएको छ ।

वडा भित्रका ८० माथीका जेष्ठ नागरिकलाई वडा कार्यालयले  सम्मान पत्रसंगै न्यानो कपडा वितरण गरेको हो ।

वुधवार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानसंगै न्यानो कपडा दिएको हो । कार्यक्रममा ८० वर्ष देशि ९२ वर्ष सम्ममा वृद्धवृद्धाको उपस्थिति रहेको सुचना अधिकारी सिताराम लुइेटलले जानकारी दिए ।

जाडोको समयमा न्यानो कपडा पाएसंगै उनिहरुले खुसि व्याक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार