बिराटनगर मुकाम तोकेको बिरोधमा, धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन


धनकुटा ३ माघ ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।

सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् ।सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो ।

 

सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन शसक्त बनाईने आन्दोलन परिचालन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार