भोजपुर, ३ माघ ।
भोजपुरपालिका ७ लोकतान्त्रिक गेट नजिकै मोटर साइकलले एक जनालाई ठक्कर दिएको छ । आज अपरान्ह करिव चार वजे षडानन्द नगरपालिका– १० तिनेतले वस्ने १८ वर्षिय ल्याङ्मु शेर्पालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते शेर्पाको दाइने आँखा, दाइने खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनको शिद्धकाली हस्पीटलमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
ठक्कर दिए पस्चात मोटरसाइकल चालक फरार रहेको कारण खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।