काठमाडौं, ३ माघ । ।
एमाले माओवादीको एकता कार्यदलले राष्ट्रियसभाको सिटमा भागवण्डा मिलाएको छ । दुवै पार्टिद्वारा गठित संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको हो ।
जसमा एमालेले २९ र माओवादीले १४ सिट पाउने पाउनेछ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा मिलाएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले बताए । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।