अपडेट -भोजपुरको च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा, तीन लाखको क्षति


भोजपुर, ३ माघ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका –३ च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा आएको छ । वुधवार दिउसो १२ः३० वजे लागेको आगो करिव ढेड घण्टा पछि नियन्त्रणमा आएको हो । । स्थानिय हर्क वहादुर राईको गोठघरमा आगो लागेको प्रहरीको भनाई छ ।

आगलागीबाट राईको फुसको छानोले वनेको दुई तले गोठघर पुर्ण रुपमा जल्दा तीन लाख वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रण लिएको थियो । विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार