भोजपुर ।
मितेरी नेपालको प्राविधिक सहयोगमा सञ्चालिन ग्रामिण खानोपानी तथा सरसफाई कोष विकास समिति (फण्डवोर्ड) अन्तर्गत जिल्लाका ६ ओटा वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् ।
ती वडाहरुले खुल्ला दिसामुक्त भए पस्चात व्याक्तिगत र घरयासी सरसफाई पुर्ण रुपमा गरेको कारण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।
पुर्ण सरसफाई उन्मुख वडाहरुमा पौवादुङ्मा गाउँपालिकाको वडा नं -३ च्याङ्गे, अरुण गाउपालिकाको वडा नं -३ प्याउली, टेम्केमैयुङ्ग गाउपालिकाको वडा न -६ र ७ कोट, रामप्रसाद राई गाउँपालिकाको वडा नं – १ ओख्रे र आमचोक गाउँपालिकाको वडा नं -२ युँ रहेका छन् ।
सरसफाई उन्मुख वडा घोषणाको लागि प्रत्येक वडामा फण्डवोर्डको एक लाख ५० हजार सम्वन्धीत वडाको एक लाख ५० हजार गरि ३ लाख रुपैया खर्च भएको फण्डवोर्डका कार्यक्रम अधिकृत विपिन शाक्यले जानकारी दिए ।
ती सवै वडाहरुले अव ५ प्लस २ सुचक पुरा गरेपछि पुर्ण सरसफाई युक्त वडा घोषणा हुने छन् । नेपाल सरकारले सन २०३० सम्ममा नेपाललाई पुर्ण सरसफाई युक्त देश वनाउने लक्ष्य राखेको छ । सरसफाई उन्मुख वडा घोषणा गर्नको लागि अन्य वडाहरुमा पनि विभिन्न संघ सस्थाले काम गरिरहेका छन् ।