बालुवा तस्करले पत्रकार कुटे


गोरखा, १ माघ । समाचार संकलनमा खटिएका गोरखाका पत्रकार सुदिप कैनीमाथि आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रहघाटमा विना टेन्डर बालुवा उत्खनन भैरहेको समाचार संकलन गर्न गएका कान्तिपुर दैनिक गोरखाका संवाददाता कैनीमाथि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नेहरुको समूहले आक्रमण गरेको हो । आक्रमणकारीको कुटपिटबाट पत्रकार कैनीको घाँटीमा चोट लागेको छ । आक्रमणकारीले कैनीको क्यामेरा र मोबाइल फुटाइ दिएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ गोरखाले पत्रकार कैनीमाथिको आक्रमण प्रेस स्वतन्त्रता माथिको हमला भएको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ गोरखा शाखाले इलाका प्रहरी कार्यालय तनहुँ आँबुखैरेनीमा दोषीलाई पहिचान गरी कारबाहीको माग गर्दै निवेदन दर्ता गरेको छ ।

समाचार संकलनमा आवश्यक उपकरणमा क्षति पुगेकोले यसको क्षतिपुर्तिका लागि पनि महासंघले माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले प्रेस विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलार्इ सुरक्षाको प्रत्याभूति दिन पनि सुरक्षाकर्मीलाई आग्रह गरेकि छन् ।

पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन गर्ने वातावरण निर्माण गर्न र आगामी दिनमा यस्ता घटना कसैबाट नदोहोर्‍याउन महासंघले सबै पक्षलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार