भोजपुर २९ पौष । भोजपुरको पुवीै अरुण गाउँपालिका वडा नं २ चम्र्पे सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ८० जना सदस्य बाट दर्ता भएको सहकारीमा अहिले चम्पेका सबै ५ सय ९० घरधुरीका ७ सय ८५ जना पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा प्रवेश भएपछि वडालाई शनिबार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त्त वडा घोषणा गरीएको हो । सहकारीमा पुँजी ४० लाख रहेको छ भने शेयर पुँजी ५ लाख र बचत ३३ लाख रहको छ ।
हाल संस्थाले नियमीत बचत, बाल बचत, ऐक्षिक बचत, आवद्धिक बचत, चेलि बचत, जेष्ठ नागरीक बचत, जिवन सरक्षा बचत र खुत्रुके बचत गरी ८ प्रकारको सुविधा दिएको छ भने तिन प्रकारका ऋण सुविधा दिएको छ । समुदायमा वित्तीय कक्षा सञ्चालन गरेपछि वित्तीय सचेतनाको प्रभाव तथा घर दैलो कार्यक्रम सञ्चालन भएपछि बचत गर्नु पर्ने रैछ भन्ने स्थानीयमा आएपछि सहकारीलाई सहकारी सदस्य युक्त्त वडा घोषणा गर्न सफल भएको संस्थाको भनाई छ ।
शेयर सदस्यहरुलाई गाउँमा पाइने मङगा व्याजमा भन्दा सस्तो ऋण उपलब्ध गराएकोले सदस्यहरुले कुखुरा पालन, च्याउ खेती, मील व्यवसाय लगाएतमा आर्यआर्जन गर्न थालेको संस्थाका अध्यक्ष काली बहादुर खतीवडाले बताए ।
सहकारीको स्थापना काल खेखि विभिन्न खालका चुनौतीहरु भोग्दै आएपनि आफुहरुले सहकारी सदस्य वडा युक्त्त घोषणा गर्न सफल भएकोले हाल सबैमा नियमीत बचत गर्न बानि नबसेकोले उनीहरुलाई घरदैलो कार्यक्रम मार्फत बचत गर्न लगाउने अध्यक्ष खतिवडाले बताए । आगामी दिनमा सहकारी मार्फत सबै शेयर सदस्यहरुलाई व्यावसायीक बनाइनएको उनको भनाई छ ।