भोजपुरमा मोतिया विन्दु भएका विरामीको संख्यामा बृद्धी, यस्तो छ अवस्था


भोजपुर २९ पौष । भोजपुरमा मोतिया विन्दु भएका विरामीको संख्यामा बृद्धी भएको छ । विगत बर्षको तुलनामा केही संख्यमा बद्र्धी भएको प्राथामीक आँखा उपचार केन्द्र भोजपुरले जानकारी दिएको छ । भोजपुरको पुरानो डबली टक्सारमा विहिबार बाट सुर भएको निशूल्क आँखा शिविर यस्तो पाईएको हो । सिविरमा ३ सय ७६ जनको आँखा परीक्षण तथा , जसमा ७२ जनाको शल्यक्रिया गरिएको छ ।

आज सम्पन्न भएको सिविरमा ६५ जना आँखाको मोतिया विन्दु भएको विरामीको सल्यक्रिया गरिएको छ भने सात जनाको भने अन्य समस्या भएका विरामीको सल्यक्रिया गरिएको नेपाल नेत्रज्याती संघ आखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ्गले जानकारी दिए । गत बर्ष भने ५० जना आँखाका विरामीको मात्र सल्यक्रिया गरिएको थियो ।

सिविर नेपाल नेत्रज्याती संघ आखा उपचार केन्द्र भोजपुरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधीक सहयोगमा सञ्चालन भएकोे हो । शिविरमा मोतिया विन्दु, आँखामा मासु पलाएको, आँखाको ढकनी वाहिर निस्केको लगाएतका समस्याहरुको उपचार भएको
प्रमुख तामाङ्गले जानकारी दिए । सिविरमा आँखाका विरामीहरुको अप्रेसन विराटनगर बाट आएका बरिष्ठ सर्जन प्रज्ञ लुईटेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार