भोजपुरको चखेवा भञ्ज्याङ्ग– मैयुङ्ग डाँडाको सर्वे सम्पन्न, (हेर्नुस सोक्षेत्रको मनोरम दृश्य)


भोजपुर, २८ पौष ।
भोजपुरको चखेवा भञ्ज्याङ्गबाट मैयुङ्गडाँडा सम्म पदमार्ग निर्माणको लागि सर्वेको काम सम्पन्न भएको छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि ३१ दशमलव ५ किलोमिटर क्षेत्रको सर्वेको काम सम्पन्न भएको हो ।

सर्वे टेम्केमैयुङ्ग गाउँपालिकाका प्रमुख ध्रुवराज राई, अन्य पदाधिकारी, सहित टेम्केमैयुङ्ग साल्पासिलिछो पर्यटन प्रवद्र्धन तथा विकास समिति र रिमाचुङ्ग एजुकेशन एण्ड स्पोर्ट एकाडेमीको टोलीले सर्वेको काम गरेको हो । पदमार्ग क्षेत्रमा भौतिक संरचना निर्माण गरिने जनाइएको छ ।

जसको लागि अस्थायी टहरा, सार्वजनिक सौचालय निर्माणसंगै फोहोर मैला व्यावस्थानको लागि पनि काम गरिने भएको छ । सो क्षेत्रमा पदमार्गको सर्वे तथा सम्भाव्यता अध्ययनको लागि टेम्केमैयुङ्ग गाउँपालिकाले ७ लाख वजेट विनियोजन गरि सकेको छ ।

सर्वेको काम सम्पन्न भएकोले अव अर्को वर्षबाट पदमार्ग निर्माणको काम शुरु हुने टेम्केमैयुङ्ग गाउँपालिका प्रवक्ता तथा वडा नं –५ का वडाअध्यक्ष सुनिल राईले जानकारी दिए । सो पदमा मार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको छ । गाउँपालिकाको मुख्य आम्दानीको रुपमा पर्यटन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले पदमार्ग निर्माणको काम गर्न लागिएको हो ।

तस्विर : गाउँपालिका प्रवक्ता सनिल राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार