ट्याक्टर दुर्घटनामा चालकको मृत्यु..


२५ पौष ।
ट्याक्टर दुर्घटनामा परी  चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा चालक वर्षिय १९ को सरोज सुनुवार रहेका छन। उनले चलाएको ट्याक्टर ताप्लेजुङ जिल्लामा दुर्घटना भएको हो । सुनुवार फुङलिङ नगरपालिका ३ बस्दै आएका थिए ।

आज अपरान्ह २ बजे तोक्मे डाँडाबाट हेलिप्याडतर्फ आउदै गरेको मे १ त ३२४५ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका २ स्थित आशिका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारकाक्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो । दुर्घटना घाइते ट्याक्टरका सह – चालक याङवरक गाउँपालिका १ बस्ने मिलन सुनुवारको स्थानीय तमोर अस्पतालमा उपचार भई रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार