भोजपुरको ओख्रेमा एक सय ६६ जनाले आँखाको परिक्षण गराए


भोजपुर २४ पौष ।
भोजपुको दक्षिणी रामप्रसाद राई गाउँपालिका वडा नं  एकओख्रेमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र भोजपुरको आयोजना तथा स्वास्थ्य चौकी ओख्रेको व्यवस्थापनमा एक दिने शिविर गरिएको हो ।

सोमवार स्वास्थ्य चौकी ओख्रेमा वसेको शिविरमा एक सय ६६ जनाले आँखाको परिक्षण गराएको थिए । जसमा १२ जना मोती विन्दुका विरामी भेटिएकोले उनीहरुलाई यहि २७,२८ र २९ गते पुरानो डबली टक्सारमा हुने निशुल्क आँखा शिविरमा अप्रेसनका लागि बोलाइएको आँखा उपचार केन्द्र भोजपुरका कार्यालय प्रमुख विजय तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार