
खोटाङ, २३ पौष ।
खोटाङ्गमा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । रुपाकोट मझुवागढी नगरपालिका१ बस्ने भिम बहादुर बिश्वकर्माको घरमा शनिबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ । बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको ढुङगा माटोले बनेको २ तले घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन तथा सम्पूर्ण सामान जलेको हो । आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।